मंसिर ८, २०७९ बिहिबार

काठमाडौं । भोलिदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन बलिउड अभिनेत्री सबाना आजमी बिहीबार काठमाडौंमा आइपुगेकी छिन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव संयोजक सिर्जना सुब्बालगायतले स्वागत गरे । महोत्सवमा अभिनेत्री आजमीले अभिनयसम्बन्धी मास्टरक्लास सञ्चालन गर्ने कार्यक्रम छ । आइतबार भारत फर्कने आजमीले नेपालमा रहँदा मण्डला थिएटरमा चल्ने नाटकहरू पनि अवलोकन गर्नेछिन् ।