मंसिर ८, २०७९ बिहिबार

एजेन्सी । भातीय सञ्चार माध्यमका अनुसार दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’को उपाधि जितेकी छिन् ।

हालै ओरम्याक्स स्टार इन्डिया लभले सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूची जारी गरेको थियो । जसमा १० अभिनेत्रीहरूको नाम समावेश गरिएको थियो। यो सूचीमा सामन्था शीर्ष स्थानमा छिन् । योसँगै उनले आलिया भट्ट र दीपिका पादुकोणलाई पनि पछाडि छोडेकी छन् ।


सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूचीमा दोस्रोमा आलिया भट्ट, तेस्रोमा नयनतारा, चौथोमा काजल अग्रवाल, पाँचौंमा दीपिका पादुकोण, छैठौंमा रश्मिका मन्डन्ना, सातौंमा क्याट्रिना कैफ, आठौंमा अनुष्का शेट्टी, नवौंमा कृति सुरेश र दशौंमा तृषा कृष्णन रहेका छन् ।