मंसिर १५, २०७९ बिहिबार

गायक जेक फ्लिन्टको विवाहको केही घण्टापछि निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जेकले गत २६ नोभेम्बरमा विवाह गरेका थिए । त्यसको केही समयपछि उनी सुतिरहेकै अवस्थामा निधन भएको हो । उनको निधनको कारण भने खुल्न सकेको छैन । उनको अचानक भएको निधनले उनकी श्रीमती ब्रेन्डा, उनको परिवार र आफन्त स्तब्ध छन् ।