मंसिर १६, २०७९ शुक्रबार

एजेन्सी । भारतीय अभिनेत्री सोमी अलीले सामाजिक सञ्जालमा अभिनेता सलमान खानको नाम नलिई खानको तस्विर राखेर चर्को आलोचना गरेकी छन् ।

सोमीले आफ्नो पोस्टमा सलमान खानसँगको पुरानो तस्बिर सेयर गर्दै शारीरिक शोषण गरेको आरोप लगाएकी छिन् । यद्यपि सोमीले यो पोस्ट तत्कालै डिलिट गरिन् ।

उनले आफ्नो पोस्टमा सलमान बाहेक सलमानलाई समर्थन गर्ने अभिनेत्रीमाथि पनि हमला गरेकी छिन् । सोमी कुनै समय सलमान खानकी प्रेमिका थिइन् । पछिल्लो समय उनी प्रायः सलमान खानमाथि आक्रमण गर्दै आइरहेकी छिन् ।

उनले हालै आफ्नो र सलमानसँगको पुरानो तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘अझ धेरै हुनेछ । मेरो शो भारतमा प्रतिबन्ध लगाइयो र त्यसपछि मलाई वकिलहरूबाट धम्की दिइयो । तिमी कायर छौं । तिमीले मलाई वर्षौंदेखि चुरोटले पोलेर र शारीरिक यातना दिएको थियौं ।’

सोमीले आफ्नो पोस्टमा थप लेखेकी छिन्, ‘महिलामाथि आक्रमण गर्ने पुरुषलाई समर्थन गर्ने सबै महिला कलाकारहरूलाई धिक्कार छ । तिमीलाई समर्थन गर्ने पुरुष कलाकारहरूलाई पनि धिक्कार छ ।’ उनले आफ्नो पोस्टमा कसैको नाम नलेखेको भए पनि सलमानसँगको फोटो सेयर गरेपछि अनुमान लगाउन सकिन्छ कि उनले यी सबै कुरा सलमानका लागि गरिरहेकी छन् ।

यस वर्ष मार्चमा सोमीले सलमानको फिल्म ‘मैने प्यार किया’ को एक तस्बिर सार्वजनिक गर्दै उक्त तस्विरको क्याप्सनमा लेखेकी छिन्– ‘तिम्रो पर्दाफास हुनेछ, तिमीले दुव्यर्बहार गरेका महिलाहरु एक दिन अवश्य अगाडि आउनेछन् र आफ्नो सत्यता बताउछन् । जसरी ऐश्वर्या राय बच्चनले गरिन् ।’

सोमी अमेरिकामा बस्दै आइरहेकी थिइन् । जब उनले सलमान खानको फिल्म ‘मैने प्यार किया’ देखेकी थिइन्, उनी सलमानको प्रेममा परिन् । उनी सलमानसँग यति मोहित भइन् कि उनले भारत आएर उनीसँग विवाह गर्ने निर्णय गरिन् ।

उनी भारत आएर केही समय सलमानसँग प्रेम सम्बन्धमा पनि थिइन् । यस क्रममा उनले ‘कमिला’, ‘माफिया’ र ‘आन्दोलन’ जस्ता फिल्ममा काम गरिन् । केही समयपछि उनको र सलमानको सम्बन्ध टुट्यो र उनी फेरि अमेरिका गइन् ।