मंसिर १६, २०७९ शुक्रबार

काठमाडौं । नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरूको आयातमा भन्सार शुल्क छुट दिन सरकारसँग माग गरेको छ । बिहीबार नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानको १३औं प्राज्ञसभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के।के। कर्माचार्यले सरकारसँग ललितकलासम्बन्धी विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताउनुभयो । उहाँले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरूको निर्यातमा सुविधा दिनुपर्ने बताउनुभयो । कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रसलगायत अन्य सामग्रीहरूको आयातमा भन्सार शुल्कमा छुट दिनुपर्ने उहाँले माग राख्नुभयो ।

त्यसैगरी नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद(बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उहाँको भनाइ थियो । त्यसका लागि प्रोत्साहन गर्न नीति, नियम र कानुनी सुधार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कुलपति कर्माचार्यले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिहरुलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रहरुमा प्रतिष्ठानका शाखा कार्यालयको व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तैगरी प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरूलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताउनुभयो । उहाँले ललितकला र पर्यटकीय विकासका निम्ति बृहत कलाग्रामको स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।