बैशाख ४, २०८१ मंगलबार

कीर्तिपुर (काठमाडौँ), वैशाख : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) बाट सिनास वृत्ति (छात्रवृत्ति) पाउने भएका छन्     
    
 विश्वविद्यालयको स्ववियु सिनासबीच आज सम्पन्न सम्झौतामा हरेक विभागका कम्तीमा एक जना विद्यार्थीलाई प्रतिवर्ष जनही रु २५ हजार प्रदान गर्ने सहमति भएको यसलाई कार्यविधि बनाएर तत्काल लागू गर्न सिनास स्ववियुबीच सहकार्य गर्ने सहमति भएको     
    
 यसै विषयमा कीर्तिपुरस्थित सिनास भवनमा स्ववियु सिनासबीच सम्झौता पत्र आदानप्रदान भएको थियो त्यसमा स्ववियुको तर्फबाट सभापति श्यामराज ओझा सिनासका तर्फबाट कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नुभएको     
    
 मानविकी संकायप्रति आकर्षण बढाउन तथा अनुसन्धानात्मक पढाइलाई प्रोत्साहन गर्न यस्तो छात्रवृत्ति लागू गरिएको जानकारी सभापति ओझाले दिनुभयो सिनासका कार्यकारी निर्देशक कार्कीले विगतमा ठूलाठूला अनुसन्धान परियोजना सञ्चालन गरेको राज्यबाट रु १० करोड प्राप्त गर्ने गरेकोमा सिनास अहिले अत्यन्त कमजोर अवस्थामा रहेको बताउनुभयो