भदौ ३१, २०७८ बिहिबार

बेला-बेलामा युट्युबरहरुले गरेका कार्यहरुले धेरै मान्छेहरु अन्यायमा परेको कुरा सार्वजनिक हुने गरेका छन् । भर्खरै झापाको बिर्तामोडमा होटलमा खाजा खाइरहेको अबस्थामा दुईजना महिला र एकजना पुरुषको मान मर्दन गरेपछि परेको जाहेरीको आधारमा युट्यबर सहित तीनजनालाइ इलाका प्रहरी कार्यलय बिर्तामोडले पक्राउ गरेको थियो भने अन्य दुइजना फरार रहेका छन् ।

यो भन्दा अझ ठूलो आरोप काठमाडौंका युट्युबर सञ्जिव रेग्मी माथि लागेको छ ।उनी माथि अभद्र व्यवहार , यौन दुर्ववहार जस्ता जघन्य आरोपमा विभिन्न पिडित महिलाहरुबाट उजुरी परेको छ ।

रेग्मीले आफूलाई पक्राउ नगराउन उच्च अदालतमा निषेधाज्ञाको अपिल गरेतापनि उच्च अदालतले उनको अपिललाई खारेज गरिदिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीश इश्वरराज आचार्य र मिना गौतम सेढाईंको संयुक्त इजलासले युट्युबर रेग्मीलाई निषेधाज्ञाको आदेश दिन नपर्ने आदेश गरेसँगै लुक्दै हिडेका रेग्मीलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको हो ।

आफूलाई पत्रकार बताउने युट्युबर रेग्मी विरुद्ध विभिन्न व्यक्तिहरुलाई मानहानीदेखि अभद्र व्यवहारसम्म गरेका दर्जनौ उजुरी परेपछि प्रहरीबाट पक्राउ नपर्न निषेधाज्ञाको आदेश लिन उच्च अदालत पाटन पुगेका रेग्मीको निषेधाज्ञाले निरन्तरता नपाउने भएको हो ।