काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि विपक्षी दलका सांसदको विरोधबीच सुरु भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
विरोधका बीच सभामुख अर्यालले नेपाली कांग्रेसका सचेतक निश्कल राईलाई बोल्न समय दिएका थिए। राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति सरकारको आधिकारिक धारणा र स्पष्ट जवाफ माग गरे।
विपक्षी दलले यस विषयमा प्रधानमन्त्रीको स्पष्टीकरण आवश्यक रहेको भन्दै संसद्मा आफ्नो विरोधलाई निरन्तरता दिएका छन्।