काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था, प्रदेशका समसामयिक विषय र अन्य साझा चासोका मुद्दामाथि कुराकानी भइरहेको छ।
छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।
सुनसरीको देवानगञ्ज घटनापछि प्रधानमन्त्री शाह विभिन्न प्रदेशका सांसद तथा राजनीतिक दलका नेताहरूसँग भेटघाटलाई तीव्र बनाइरहेका छन्। यसअघि उनले मधेशकेन्द्रित दलका नेताहरूसँग पनि छलफल गरेका थिए। साथै, प्रधानमन्त्री नियुक्त भएको चार महिनापछि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटवार्ता गरेका छन्।