काठमाडौँ, १० मङ्सिरः काठमाडौँ उपत्यकामा ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका र ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बग्गीखानामा राखेका दुईपाङ्ग्रे सवारीसाधनलाई पुरानै अवस्थामा फर्काउन मिस्त्रीसहित खटिएका सवारीधनी तथा चालकहरू। ट्राफिक प्रहरीले तोकिएको मापदण्ड अनुसार सवारीसाधनलाई पुरानै स्वरूपमा फर्काउन निर्देशन दिएपछि उनीहरू मर्मतमा जुटेका हुन्।
तस्बिरः विमलबहादुर विष्ट