माघ ३, २०७८ सोमबार

 नेपालको पहिलो ब्याण्ड रियालिटी शो 'ब्याण्ड च्याम्पियन नेपाल' सुरु भएको छ। श्रीजेश कार्कीको निर्माण तथा फूर्वा शेर्पाको निर्देशनमा बनेको 'ब्याण्ड च्याम्पियन नेपाल'ले शनिबारदेखि प्रसारण थालेको हो। 

पछिल्लो समय नेपालमा स्वदेशी तथा विदेशी नामका धेरै वटा गायन रियालिटी शो सञ्चालमा आए पनि एउटा पूर्ण ब्याण्डको लागि भने कुनै शो आएको थिएन। 

एउटा ब्याण्डको रुपमा काम गरिरहेका देश तथा विदेशका नेपाली भाषी संगीतकर्मीहरूले ब्याण्ड च्याम्पियन नेपालमा भाग लिएका छन्। ड्रमर देव राणा, गिटारिस्ट ज्योति घिमिरे र गायक तथा अभिनेता रवीन तामाङले कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरेका छन्। 

एउटा राम्रो गीत बजारमा आउँदा गायकको मात्रै चर्चा हुने, नेपथ्यमा रहेर काम गरेका वाद्यवादकको सही मुल्यांकन हुन नसकेकिरहेको वर्तमान अवस्थामा ुब्याण्ड च्याम्पियन नेपालु नेपाली संगीतका लागि कोसेढुंगो सावित हुने निर्णायकहरू बताउँछन्। 

यो शोबाट गायन तथा वाद्यवादनको सुन्दर संयोजन भएको नेपालको उत्कृष्ट ब्याण्डको खोजीमा आफूहरू रहेको उनीहरूको भनाइ छ।

'व्याण्ड च्याम्पियन'को पहिलो भागमा जज अडिसनमा भाग लिन आएका प्रतियोगिको प्रस्तुति देखाइएको छ। जहाँबाट ६ वटा ब्याण्ड दोस्रो राउण्डमा प्रवेश गरेका छन्।