माघ ४, २०७८ मंगलबार

भारतीय टेलिभिजनको ऐतिहासिक टेलिफिल्म ‘महाभारत’का अभिनेता नीतीश भारद्वाज पत्नी स्मितासँगको विवाहको १२ वर्षपछि औपचारिक रुपमा अलग्गिएका छन् । स्मिता पेशाले आईएएस अफिसर हुन । उनीहरुको सम्बन्ध सेप्टेम्बर २०१९ मै टुटेको थियो । उनीहरुको दुई जम्ल्याहा छोरी छन्, जो आमा स्मिताका साथ इन्दौरमा बस्छन् । नीतीशले ‘महाभारत’मा श्रीकृष्णको भूमिका निर्वाह गरेका थिए ।

हालै एक अन्तरवार्तामा नीतीशले पत्नी स्मितासँग अलग्गिनुको कारणबारे खुलासा गरेका छन् । ‘हो, मैले फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि सेप्टेम्बर २०१९ मा निवेदन दर्ता गरेको थिएँ । म त्यो गहिराइमा जान चाहन्न कि के कारणले हामी अलग भयौं । यो मामला अदालतमा छ । म यतिमात्र भन्न सक्छु कि सम्बन्धविच्छेद, मृत्युभन्दा पनि शक्तिशाली हुन्छ । खासगरी तब जुन बेला तपाईं एक खालीपनसँग बसिरहनु भएको हुन्छ’, उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘म यो संस्थाप्रति भरोसा राख्छु । तर म यो मामलामा भाग्यमानी छैन । सत्य कुरा बताउँदा विवाह टुट्ने विभिन्न कारण हुनसक्छन् । कैयौं पटक तपाईं आफ्नो साथीलाई उसको मनोवृत्तिमा सम्झौता गर्न सक्नुहुन्न, त कहिले क्षतिपूर्तिको कमी हुन्छ । जब कसैको सम्बन्ध टुट्छ, जसले बच्चालाई असर गर्छ । यसको जिम्मेवार अभिभावक नै हुन्छन् ।’