जेठ ८, २०७९ आइतबार

बीआर इन्टरटेन्मेन्ट प्रा।लिको प्रस्तुतिमा तयार भएको फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिकको २५ गतेबाट रिलिज हुने यो फिल्मको ट्रेलरमा फिल्मका कलाकार देखिएका छन् । रीस्ता बस्नेत, सुनिषा बजगार्इं, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । ,।फिल्मको ट्रेलरमा काठको बक्साभित्र थुनिएकी यूवतीको कथा भनिएको छ ।

सूर्य दयालुको संगीत रहेको फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन आर।बी पुनको छ । फिल्ममा भगवान भुजेलको लगानी छ । उत्तम हुमागाँइको छायांकन रहेको फिल्म भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ ।

‘पासो’को कार्यकारी निर्मातामा राजकुमार राउत छन् । फिल्मले यूवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । फिल्मलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।