भदौ २५, २०७८ शुक्रबार

पछिल्लो समय नेपालमा पनि मनोरञ्जनको क्षेत्र व्यापक हुँदै गएको छ । कोरानाका कारण गीत सङ्गीतलगायत छोटा चलचित्रहरू निर्माण नभए तापनि अहिले विस्तारै यसले पनि वामे सर्दै गएको छ । यसै क्रममा पुष्कर ढुङ्गेलको भारी बोक्नेको कथा 'भरिया' पनि छिट्टै बजारमा आउने भएको छ । ढुङ्गेलको लेखन तथा निर्देशन रहेको 'भरिया'लाई ह्याप्पी टुडे युट्युब च्यानलले बजारमा ल्याउने पूर्ण तयारी गरेको हो ।

ठाकुर खतिवडा र सुविन दाहालले सम्पादन गरेको भरियाका कार्यकारी निर्माता सुमित रजक रहेका छन् भने नवराज खड्काले यसलाई छायांकन गरेका छन् । यसैगरी सन्तोष कार्कीले कुशल व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेका छन् ।

भारी बोक्नेको कथा 'भरिया'मा रामबाबु रेग्मी, क्षितिज सुवेदी, कामना रेग्मी, भीमा मैनाली, सस्मिता गिरी, महेश थापा, आरती अधिकारी, नवीन आचार्य, पूजा गौतम, कृष्ण कार्की, नवीन डिसी र डबल बुढाथोकीले अभिनय गरेका छन् ।