भदौ २९, २०७८ मंगलबार

यस समाजमा तमाम कथाहरू छन् : गीत गाउनेको कथालाई 'गाइनेको कथा' नदीको बगरमा गिट्टी कुट्ने/बालुवा चाल्नेको कथालाई 'मजदुरको कथा' र शहरबजारमा या पहाडका गोरेटाहरूमा पिठ्युँमा भारी बोक्नेको कथालाई 'भरियाको कथा' । यी कथाहरू मानिसको दैनिक जीवनयापनसँग प्रत्यक्ष जोडिएर सरोकार राख्दछन् ।

यसै क्रममा रूपचन ढुङ्गेल (पुष्कर)द्वारा निर्देशित भारी बोक्नेको कथा 'भरिया' बजारमा आएको छ । ढुङ्गेल र विनोद सुवेदी खत्रीको लेखन रहेको नेपाली सिरियल 'भरिया'को ह्याप्पी टुडे युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक भएको छ ।

ठाकुर खतिवडा र सुविन दाहालले सम्पादन गरेको भरियाका कार्यकारी निर्माता सुमित रजक रहेका छन् भने नवराज खड्काले यसलाई छायाङ्कन गरेका छन् । यसैगरी सन्तोष कार्कीले कुशल व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेका छन् ।


भारी बोक्नेको कथा 'भरिया'मा रामबाबु रेग्मी, क्षितिज सुवेदी, कमला रेग्मी, भीमा मैनाली, सस्मिता गिरी, महेश थापा, आरती अधिकारी, नवीन आचार्य, पूजा गौतम, कृष्ण कार्की, नवीन डिसी, सिद्धान्त रोका, केदार मैनाली र डबल बुढाथोकीले अभिनय गरेका छन् । भिडियो हेर्न यहाँ थिच्नुहोस् । https://youtu.be/tYjsFIct9K8