असोज १९, २०७८ मंगलबार

दमक । लोकगायक एलपी जोशीलाई स्वर सम्राट् नारायण गोपाल स्मृति पुरस्कार २०७७ प्रदान गरिएको छ । नेपाली लोक गीत सङ्गितका क्षेत्रमा विशेष योगदान पुर्‍याएबापत जोशीलाई ताम्रापत्रसहित २५ हजार नगद राशीले सम्मान गरिएको हो ।

नारायण गोपलाको स्मृति दिवस हरेक वर्ष १९ मङ्सिरमा पर्ने भए पनि कोरोना सङ्क्रमणका कारण ढिलागरि १८ असोजमा दमकमा कार्यक्रम गरी प्रदान गरिएको हो ।

दार्जिलिङका वरिष्ठ स्रष्टा जीवन अधिकारीको प्रमुख आतिथ्यमा दमकमा आयोजित कार्यक्रममा नारायण गोपाल सङ्गित कोषका सदस्य एवं सङ्गितकार राजकुमार श्रेष्ठले वरिष्ठ लोक गायक जोशीलाई दमक नगरिमा आएर सम्मान गर्न पाएकामा खुशी व्यक्त गरे ।  सम्मानित जोशीका वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो भनेर....... रिटिङ रिटिङ नबजाऊ बिनायो....... बोलका लोकगीत अहिले पनि कालजयी बनेर गुञ्जिरहन्छन् ।