असोज २०, २०७८ बुधबार

एजेन्सी । लामो समयदेखि बिरामी रहेका हिन्दी धार्मिक सिरियल “रामायण” मा रावणको भूमिका निभाएका सशक्त अभिनेता अरविंद त्रिवेदीको ८२ वर्षको उमेरमा निधन भएको छ ।

त्रिवेदीको गएराती मुम्बइमा हृदयघातबाट निधन भएको हो । मध्य प्रदेशको उज्जैनमा जन्मिएका त्रिवेदीले भारतीय फिल्म तथा रङ्गमञ्चमा ४० वर्षभन्दा लामो समय सेवा गरे ।

उनको आज मुम्बइको दाहनुकरबारी घाटमा अन्तिम संस्कार गरिँदै छ ।