असोज २५, २०७८ सोमबार

चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । सामाजिक सञ्जालमा एक लामो पोष्ट गर्दै गजुरेलले मञ्जू पोखरेलसँग विवाह गरेको जानकारी दिएका छन् । मञ्जू पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । उनको ४ वर्षअगाडि मीना ढकालसँग सम्बन्धविच्छेद भएको थियो ।