कात्तिक १०, २०७८ बुधबार

बाराको महागढीमाई नगरपालिका, बरियापुरस्थित विश्वप्रसिद्ध धार्मिक स्थल गढीमाईको प्राङ्गणमा टिकटक बनाउन निषेध गरिएको  छ। त्यहाँ टिकटक भिडियो बनाउनेहरूलाई दण्ड जरिवानाको व्यवस्था लागू गरिएको छ र ‘टिकटके’ लाई नियन्त्रण गर्न नगर प्रहरीसमेत खटाइएको छ ।

स्थानीय मानिसहरूले यस निर्णयको प्रशंसासमेत गरेका छन् । नेपाल प्रहरीको स्थानीय चौकीले पनि गढीमाईमा अनावश्यक गतिविधि नियन्त्रणमा सघाएको बताइएको छ।