काठमाडौँ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–ईयूबीचको विकास साझेदारी, कृषि, वन, वातावरण तथा ग्रामीण विकासमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
छलफलका क्रममा नेपालमा उत्पादित बटर मिल्कबाट बनेको ‘डग च्यु’ युरोपेली बजारमा निर्यात गर्ने सम्भावना, कृषि तथा खाद्य परीक्षण प्रयोगशालाको स्थापना र सुदृढीकरण तथा कृषि, खाद्य सुरक्षा, व्यापार र दिगो विकासका क्षेत्रमा प्राविधिक सहयोग विस्तार गर्ने विषयमा दुवै पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।