कात्तिक २८, २०७८ आइतबार

काठमाडौँ, २८ कात्तिक । रक गायक सुदिपकुमार थकालीको नयाँ गित “एक बचन बोल्दैमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा एक दशकदेखि जापानमा बस्दै आएका रक गायक सुदिपको आफ्नै आवाज दिएका छन् । उनी सानै उमेरदेखि गीत सङ्गीतका पारखी थिए । शास्त्रीय सङ्गीतदेखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक थकाली एक शालीन तथा मिलनसार स्वभावका छन्।

रक गायक सुदिपकुमार थकालीको स्वर, आँशु लामाको शब्द,सङ्गीत तथा नोर्बु शेर्पाको एरेन्ज रहेको छ । राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मालाइ फिचर्ड गरिएको छ।