मंसिर ६, २०७८ सोमबार

मुम्बई: बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छिन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्।

आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छिन्। उक्त तस्बिरमा उनको ब्लाउजलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्। उनीहरूले आलियालाई किन उल्टो ब्लाउज पहिरिएको भन्दै ट्रोल गरेका छन्।

सामाजिक सञ्जालमा आलियालाई अश्लीलता फैलाएको आरोपसमेत लगाएका छन्। 'आजकल जति अश्लीलता देखाउ, त्यही फेशन बनिहाल्छ,' एक जनाले कमेन्टमा लेखेका छन् ।