पुस २८, २०७८ बुधबार

 थारु भाषाको प्रेमगीत ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सार्वजनिक भएको छ । थारु भाषामा आफ्नो प्रिय मान्छे एवम् प्रेमीप्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गरिन्छ । यो गीतमा गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् ।

गीतमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड छन् । गीतमा गायक नरेशकै शब्द र संगीत छ । भिडियोमा सह–कलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुल, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन् ।

भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी छ ।