पुस २८, २०७८ बुधबार

 अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूर बलिउडको स्टार जोडीमध्येमा पर्दछन् । उनीहरुबीचको उमेर अन्तर निकै फरक छ, तर पनि उनीहरु एकअर्कालाई निकै प्रेम गर्छन् । प्रायः सँगै रहने यो जोडीको सम्बन्ध पछिल्लो समयमा केही बिग्रिएको खबर बाहिर आएको छ ।

उनीहरुले केही समययता भेटघाट गरेका छैनन् । यहाँसम्म कि मलाइका विगत ६ दिन यता घरबाहिर निस्किएकी छैनन् । अर्जुन पनि उनलाई भेट्न घर गएका छैनन् । त्यहीकारण यी दुई बीच ब्रेकअप भएको अनुमान लगाइएको छ ।

मलाइका ६ दिन यता घरबाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेशनमा छिन् । उनी निकै दुःखी छिन् र केही समय विश्वबाट टाढा बस्ने निर्णय लिएकी छन् । अर्जुन हालसम्म एकपटक पनि उनलाई भेट्न गएका छैनन’, स्रोतले भनेको छ ।

अर्जुन तीन दिन अघि बहिनी रिया कपुरको घरमा डिनरका लागि गएका थिए । रियाको घर मलाइकाको घरभन्दा नजिक पर्छ । अर्जुन बहिनीको डिनरपछि आफ्नै घर फर्किएका थिए ।

आम रुपमा अर्जुन र मराइलका डिनर या कफी डेटमा गइरहन्छन् । तर केही समययता यो जोडी सँगै देखिएका छैनन् ।