पुस २९, २०७८ बिहिबार

काठमाडौं, पुस २९ गते । अभिनेता विपिन कार्की बलिउड फिल्ममा काम गर्ने भएका छन् । हिन्दी चलचित्र 'एनिमल' बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् ।

यस चलचित्रका लागि निर्माण टिमले अगष्टमा विपिनलाई मुम्बई बोलाएको छ ।

अर्जुन रेड्डीको हिन्दी भर्सन कबीर सिंहले निर्देशन गरेको र सन्दिप रेड्डी भांगाले निर्देशन रहेकाे यो फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाको अभिनय छ ।

रनवीरसँग फिल्म खेल्ने विपिन दोस्रो कलाकार हुन् । यसअघि फिल्म 'बर्फी' मा भोला सापकोटाले सँगै अभिनय गरेका थिए ।