असार १०, २०७९ शुक्रबार

काठमाडौँ– फिल्म ‘कृष्ण लीला’ मा समावेश ए मेरो हजुर बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका लिड क्यारेक्टर पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । फिल्ममा यी दुईले कृष्ण र लीलाको भूमिका निर्वाह गरेका छन् । यी दुईको प्रेममा आउने उतारचढाव नै फिल्मको केन्द्रीय द्वन्द्व हो । सार्वजनिक गीतमा रवि ओड र सुनिता कार्कीको स्वर रहेको छ । यसमा संगीत बाबुल गिरीको रहेको छ भने शब्द डाक्टर धर्मराज उपाध्यायले कोरेका हुन् । म्युजिक भिडियोको रुपमा छायांकन गरिएको गीतलाई फिल्मसँग मिल्ने भएकाले समावेश गरिएको हो । 

गीतमा माइकल चन्दको कोरियाग्राफी रहेको छ । फिल्ममा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीको पनि अभिनय रहेको छ ।दीपक वली निर्देशित फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको गीत सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी , निर्देशक नवल नेपाल , कलाकार भोलाराज सापकोटा , निर्देशक नरेश पौडेल , वितरक गोपाल काजी कायस्थ , निर्मात्री शर्मिला पाण्डे , निर्मात्री पुनम गौतम , निर्देशक प्रदीप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।