असार १०, २०७९ शुक्रबार

काठमाडौँ– चर्चित हलिउड अभिनेता ब्राड पिटको पछिल्लो एक अन्तर्वार्तामा उनले अभिनयबाट सन्यास लिने संकेत गरेका छन् । उनले आफ्नो अभिनयको करियरको अन्तिम समयमा रहेको बताउँदै यसलाई कुन समयमा निर्णय लिने सोचाइमा रहेको बताएका छन् ।  ‘मेरो करिअरको सम्भवतः यो अन्तिम चरण हुनेछ । अब यो कुरालाई कसरी अघि बढाउने भन्नेबारे सोचिरहेको छु ’ पिटले जीक्यू म्यागजिनसँगको कभर स्टोरीमा बताएका छन् ।

५८ वर्षीय अभिनेता पिटले सन्यासलाई लिएर दिएको अभिव्यक्तिका कारण फ्यान दुखी बनेका छन् । यद्यपि उनले कुन समयमा पुगेर सन्यास लिने जनाएका छैनन् । उनी अभिनीत वुमन टकिङ, ब्लन्डे, सी सेड , बुलेट ट्रेन प्रदर्शनको तयारीमा छन् ।