असार १०, २०७९ शुक्रबार

काठमाडौँ- नेपाली फिल्मको यो समयका पपुलरसँगै भूमिकालाई बाच्ने कलाकारमा पर्छन्, विपिन कार्की र दयाहाङ राई । यी दुईले केही फिल्ममा अभिनय गरेका छन् ।

लूट सिरिज, जात्रै जात्रा, के घर के डेरा पश्चात दया र विपिनलाई लिएर निर्देशक रामबाबु गुरुङले नयाँ फिल्मको तयारी थालेका छन् । यसोधा फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा दया र विपिन तय भएका हुन् ।

फ्यामिली ड्रामा हुने फिल्मको छायांकन भदौ १५ गतेदेखि सुरु हुनेछ । नायिकासहित अन्य कलाकार भने अडिसनमार्फत भित्र्याउने तयारीमा निर्माण पक्ष रहेका छन् । फिल्मको कार्यकारी निर्मातामा मणिराम पोखरेल रहने जनाइएको छ ।

फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् ।