असार १२, २०७९ आइतबार

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको घाँटीमा डाम देखिएको खुलेकाले हत्या वा आत्महत्या भन्ने भन्नेबारे अनुसन्धानबाट मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

पतिसँग सम्बन्धविच्छेदपश्चात् केही वर्षयता एक्लै बस्दै आएकी दिलमायाले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिन उल्लेख गरेकी छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शुक्रबार साँझ दिलमायाको कोठामा एक व्यक्ति गएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। नाम भने खुलाएको छैन् ।