जेठ १९, २०८३ मंगलबार

उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मङ्गलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरुलाई उपचारका लागि  अस्पताल पठाइएको स्थानीय मिडियाले जनाएको छ ।

स्थानीय समय अनुसार विहान लगभग ६ः३० मा, फुकुसिमा शहरको एक निर्माण कम्पनीका दुई पुरुष कर्मचारीलाई एउटा भालुले आक्रमण गरेको स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागलाई उद्धृत गर्दै क्योडो न्यूजले रिपोर्ट गरेको छ ।

आक्रमण पछि भालु छिमेकी आवासीय क्षेत्रमा भागेर एउटा पसी घरमा ८० वर्षकी एउटी महिलालाई र अर्को कार्यालय भवनमा पसी ६० वर्षका पुरुष कर्मचारीलाई आक्रमण गरेको जनाइएको छ । 

प्रहरीले गत हप्ता देखि फुकुसिमा शहरको  वरपर भालु देखिएको बताएको छ ।

भालु अझै पनि त्यस क्षेत्रमा रहेको बताउदै प्रहरी अधिकारीहरूले जनावरलाई गोली हान्ने अनुमति दिन  र आपतकाल घोषणा गर्ने बारे विचार गरिरहेको जनाएका छन् ।